राजनीति

रास्वपाले टुंग्यायो समानुपातिक सांसद



काठमाडौँ, १ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ ।

आज बसेको सचिवालय बैठकबाट ५७ जनाको नाम चयन गरिएको पार्टीका प्रवक्ता मनिष झाले बताए ।

खसआर्य १७, जनजाति १६, दलित आठ, मुस्लिम तीन, मधेसी नौ र थारू क्लस्टरतर्फ चारजनाको नाम टुंगो लगाइएको उनले जानकारी दिए । यसमध्ये ४८ महिला रहेका उनले बताए ।

यो नामावली आजै निर्वाचन आयोगमा बुझाइने उनले जानकारी दिए ।