काठमाडौँ, ५ चैत । नेकपा एमालेकी सचिव पद्मा अर्यालले अब आफ्नो पार्टी सशक्त प्रतिपक्षको भूमिकामा उत्रिने बताएकी छन् ।
बिहीबार निर्वाचन आयोगले आयोजना गरेको प्रतिनिधि सभाको समानुपातिकतर्फ निर्वाचित सांसदको प्रमाणपत्र लिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आगामी सरकारको नेतृत्व गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सकारात्मक कामको लागि सहयोग गर्ने बताइन् ।
एमालेले प्रतिपक्षबाट जनताको मतको रक्षा गर्दै सरकारलाई सही ट्रयाकमा ल्याउने उनको भनाइ छ । संसदमा एमालेको भूमिका जनताको हित र राष्ट्रहितको पक्षमा सशक्त हुने बताउँदै उनले राम्रो काममा सहयोग र गलत कार्यमा कडा खबरदारी गर्ने जानकारी दिइन् ।










प्रतिक्रिया दिनुहोस्