Banner News

गगनको राजीनामाबारे विश्वप्रकाश : ‘डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु हुँदैन’



काठमाडौँ, ५ चैत । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामाबारे आफ्नो धारणा सार्वजनिक गर्दै डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसङ्गत नहुने धारणा राखेका छन् ।

बिहीबार सामाजिक सञ्जाल एक्समार्फत धारणा सार्वजनिक गर्दै शर्मा राजीनामाको विपक्षमा उभिएका हुन् । गगन थापाले आज बिहान पदबाट राजीनामा दिएपछि उपसभापति शर्माले नैतिक जिम्मा लिन्छु भन्नु सकारात्मक भए पनि अहिलेको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व भएको बताए । 

बैठकमा प्रारम्भिक समीक्षा, राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने उनले बताए । गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले ३८ सिटमा मात्रै जित हासिल गरेको थियो । 

‘नैतिक जिम्मा लिन्छु भन्नू सकारात्मक । तर यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो,’ शर्माले लेखेका छन्, ‘बैठकमा प्रारम्भिक समीक्षा, राजीनामा पत्र र राजीनामा अस्विकृत गर्ने प्रस्ताव पेश हुनेछ ।’