राजनीति

ईद–उल–फित्रले आपसी सद्भाव र एकताको भावना सुदृढ गर्छ: प्रधानमन्त्री कार्की



काठमाडौँ, ७ चैत । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले ईद–उल–फित्रको अवसरमा नेपालीबीच आपसी सम्मान, सद्भाव र सहकार्यको भावना अभिवृद्धि गर्दै राष्ट्रको समृद्धि र स्थायित्वमा योगदान पुर्याओस् भन्ने कामना गरेकी छिन् ।

प्रधानमन्त्रीले आज इस्लामिक धर्मावलम्बीहरुले रमजानको लामो व्रतको समापनसँगै मनाइँदै गरेको ईद–उल–फित्रको अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै उक्त काममा गरेकी हुन् ।

“रमजानको महिनादिन लामो एवं कठिन व्रतले हामीलाई सहनशीलता, सहिष्णुता, त्याग र मानवताप्रतिको समर्पणको सन्देश दिन्छ”, प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, “त्यही पवित्र महिमाकै कारण रमजानको रोजा बस्ने यस समयलाई सत्कर्म र संयमको महिना पनि भनिएको हो ।”