काठमाडौँ, ९ चैत । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निर्वाचनमा सिट संख्याको आधारमा आफ्नो पार्टी दोस्रो भए पनि नीति र सिद्धान्त भने विजयी भएको टिप्पणी गरेका छन् ।
केन्द्रीय कार्यसमितिको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचनको सबैभन्दा सुखद पक्ष भनेको नेपाली मतदाताले ’प्रजातान्त्रिक उदारता’ लाई रोज्नु रहेको भनाइ थियो ।
उनले भने, ‘सिट संख्यामा हामी दोस्रो भयौँ होला, तर हाम्रा नीति र सिद्धान्त विजयी भएका छन् । नेपालमा एक प्रकारको आयामिक परिवर्तन भएको छ, जसले समृद्धिको फराकिलो बाटो खोल्नेछ भन्ने मेरो विश्वास छ । हाम्रा कम्युनिष्ट मित्रहरूले विगतमा प्रणाली जोगाउन हामीसँग सहकार्य गरे पनि जनमतले अब मुलुक सामाजिक न्याय, कानुनको शासन र उदार अर्थतन्त्रको ’कांग्रेसी मार्ग’ मा हिँड्नुपर्छ भन्ने स्पष्ट सन्देश दिएको छ ।’









प्रतिक्रिया दिनुहोस्