Banner News

सार्वजनिक ओहदामा बसेका सबैको सम्पत्ति छानबिन गर्न गगन थापाको माग



काठमाडौँ, १० चैत । नेपाली कांग्रेसका सभापति गगन थापाले २०४६ सालपछि सार्वजनिक ओहदामा बसेका सबैको सम्पत्ति छानबिनका लागि आयोग बनाउन सरकारसँग माग गरेका छन् ।

केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै उनले भने, ‘०४६ सालपछि सार्वजनिक सेवामा रहेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ,” “रास्वपाले पनि त्यही भनेको छ । आयोग बनाउँछौँ र छानबिन गर्छौँ, अवैध हो भने सम्पत्ति जफत गर्न सहयोग गर्नेछौँ ।’

उनले यो आयोग बनाउन कांग्रेसको माग रहने बताउँदै भने, ‘यो ३५ वर्षको अवधिमा थुप्रै राम्रा काम पनि भएका छन् । पूर्वाग्रह नराखी २०४६ सालदेखि भदौ २४ मा नेताका घरमा जलेका नोटसम्मको छानबिन गर्नुपर्छ ।’