राजनीति

प्रधानमन्त्रीको शपथ शुक्रबार मध्याह्न १२:३४ मा



काठमाडौँ, ११ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको शपथग्रहणको साइत चैत १३ गते शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा निस्किएको छ ।

सोही समयमा बालेनले प्रधानमन्त्रीको शपथ लिने तयारी छ । बालेन टिमले राष्ट्रपति कार्यालयलाई उक्त समय प्रस्ताव गरेको र राष्ट्रपति कार्यालयले आयोजना गरेको बालेननिकट स्रोतले बताएको छ ।

१२:३४ मा शपथग्रहण गरेपछि २:१५ मा सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने भएका छन् ।