राजनीति

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको रथमा पूजाअर्चना



काठमाडौँ, १३ चैत । काठमाडौँको ऐतिहासिक एवं सांस्कृतिक महत्त्वको प्रतीक सेतो मच्छिन्द्रनाथको रथ असन आइपुगेपछि राष्ट्रपति रामचन्द्र पौडेलले विशेष पूजाअर्चना गरेका छन् ।

चैत्र शुक्ल अष्टमीको अवसरमा जमलको तीनधारा पाठशालाबाट सुरु भएको रथयात्रा नगरको भित्री भाग असन आइपुग्दा राष्ट्रपति पौडेलले बिहीबार राति परम्परागत विधिअनुसार रथको दर्शन र पूजा गरेका हुन्।

काठमाडौँको जनबहालमा रहेको सेतो मच्छिन्द्रनाथलाई हरेक वर्ष यसरी नै रथमा राखेर नगर परिक्रमा गराउने चलन छ। राष्ट्राध्यक्षले असनमा पुगेर रथको पूजा गर्ने पुरानो परम्परालाई निरन्तरता दिँदै राष्ट्रपति पौडेलले जनमानसको सुख र समृद्धिको कामना समेत गरे।