काठमाडौँ, १३ चैत । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन् ।
सामाजिक सञ्जालमार्फत एक पोस्ट गर्दै देउवाले शाहलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका हुन् । शाह शुक्रबार प्रधानमन्त्री पदमा नियुक्त भएका हुन् ।
उनले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । साथै, आजै नियुक्त हुनु भएका सबै मन्त्रिपरिषद्का सदस्यहरूलाई पनि बधाई तथा सफलताको शुभकामना ।’










प्रतिक्रिया दिनुहोस्