काठमाडौँ, १३ चैत । गृहमन्त्री सुधन गुरुङले विशिष्ट व्यक्तिको सवारी (भीआईपी मुभमेन्ट) का नाममा सर्वसाधारणले भोग्दै आएको सास्ती तत्काल अन्त्य गर्न निर्देशन दिएका छन् ।
गृह मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङले मन्त्री वा अन्य विशिष्ट व्यक्तिहरूको आवागमनका बेला सडक ठप्प पारेर नागरिकलाई घण्टौँसम्म जाममा राख्ने कार्य अब स्वीकार्य नहुने स्पष्ट पारेका हुन् ।
भीआईपी सवारीका कारण एम्बुलेन्स अड्किने र सुत्केरी व्यथा लागेका महिलाहरूले सडकमै छटपटिनुपर्ने स्थितिले लोकतन्त्रको उपहास गर्ने भन्दै उनले यस सम्बन्धी कार्यविधि परिमार्जन गर्न गृह सचिवलाई आग्रह गरेका छन् ।
सरकारी कार्यालयहरूमा हुने भ्रष्टाचारको मुख्य जड झन्झटिलो सेवा प्रवाह रहेको मन्त्री गुरुङको ठहर छ । नागरिकले एउटै कामका लागि १० वटा कोठा धाउनुपर्ने र कर्मचारीसँग बारम्बार ठोक्किनुपर्ने बाध्यताले नै भ्रष्टाचारलाई प्रश्रय दिएको उनले औँल्याए । यसलाई निर्मूल पार्न ‘वान डोर सर्भिस सिस्टम’ (एकद्वार सेवा प्रणाली) अनिवार्य रहेको उल्लेख गर्दै उनले सेवाग्राही र कर्मचारीबिचको प्रत्यक्ष भेटघाट कम हुने गरी प्रविधिको विकास गर्न निर्देशन दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्