काठमाडौँ, १३ चैत । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ ।
आज बसेकाे मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा मन्त्री सस्मित पोखरेललाई दिइएको छ । बैठकले शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यस्तै सरकारले गौरीबहादुर कार्की नेतृत्वको आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको छ । बैठकले शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्