काठमाडौँ, १४ चैत । पूर्वगृहमन्त्री रमेश लेखकले प्रतिशाेध र पूर्वाग्रही ढंगले आफूलाई पक्राऊ गरेको भन्दै त्यसकाे राजनीतिक र कानुनी लडाइँ लड्ने बताएका छन् ।
शनिबार बिहान आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेपछि लेखकले यस्ताे बताएका हुन् । मन्त्रिपरिषदकाे निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास थालेर कानुनको मजाक उडाइएकाे लेखकले बताए ।
उनले भने, ‘राजनीतिक पूर्वाग्रह र प्रतिशाेध पूर्ण ढंगले मलाई पक्राउ गरेकाे छ । यसकाे राजनीतिक र कानुनी लडाइँ लड्न तयार छु । क्याविनेटबाट निर्णय गरेर पक्राउ गरिएको छ । यस्ताे कहिले हुँदैन संसारमा ।’
गृहमन्त्री सुधन गुरुङले कानूनभन्दा माथि कोही नहुने बताएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि स्टाटस लेख्दै उनले यो प्रातिसोध नभइ न्यायको सुरुवात भएको बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्