राजनीति

प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा नयाँ सरकार : नेता ज्ञवाली



काठमाडौँ, १४ चैत । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले नयाँ सरकार प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा अघि बढेको बताएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन् । उनले लेखेका छन्, ‘प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा नयाँ सरकार । तर उसले चाहे जस्तो हुने छैन ।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । शनिबार बिहान भक्तपुरबाट पक्राउ गरेर दुवै जनालाई परिसरमा लगिएको हो ।