काठमाडौँ, १४ चैत । नेकपा एमालेका कार्यकर्ताहरूले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन जलाएका छन् ।
पार्टी अध्यक्ष केपी ओली पक्राउको विरोधमा एमाले कार्यकर्ताहरूले शनिबार पार्टी कार्यालय च्यासल बाहिर जाँचबुझ आयोगको प्रतिवेदन जलाएका हुन् ।
त्यस्तै, शनिबार नै एमाले निकट अनेरास्ववियुले काठमाडौँ भृकुटीमण्डपमा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले पनि जाँचबुझ आयोगको प्रतिवेदन जलाएका छन् । अध्यक्ष ओलीलाई रिहाइको माग गर्दै उनीहरुले टायर बाल्दै प्रदर्शन गरेका हुन् ।










प्रतिक्रिया दिनुहोस्