काठमाडौँ, १५ चैत । पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ ।
प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय हुँदै आइतबार बिहान काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको हो ।
अहिलेसम्म पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भने अदालतमा लगिएको छैन । दुबैको म्याद थपबारेको सुनुवाइ न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा हुने बताइएको छ । तर, लेखकलाई मात्रै इजलासमा पेस भएपछि न्यायाधीशले अर्का आरोपितलाई पनि अदालतमा उपस्थित गराउन भनेको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्