काठमाडौँ, १८ चैत । नेकपा एमालेको संसदीय दल नेतामा सुहाङ नेम्वाङले दाबी गरेका छन् ।
आज च्यासलमा बसेको संसदीय दलको बैठकमा नेम्वाङले दल नेतामा आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।
उनले बैठकमा भने, ‘पार्टीको विधि पद्धती र वरीयताको विषयमा म जानकार छु र सम्मान पनि गर्छु, तर अहिले देशमा उत्पन्न भएको परिस्थितिलाई हामीले नजरअन्दाज गर्न भने पक्कै हुँदैन,’ ‘देशको परिस्थिति कस्तो छ भनेर सदन र सदन बाहिरको अवस्थालाई हेरेर हामी बुझ्न सक्नुपर्छ।’
साथै उनले पार्टीलाई अहिलेको अवस्थाबाट माथि उठाउन पनि युवालाई अघि बढाउनुपर्ने बताएका थिए ।
उनले भने, ‘मेरो नारा नै अहिलेको आवश्यकता युवाको ऊर्जा सँगसँगै अग्रजको अनुभव र आशीर्वाद पनि हो,’ ‘अहिलेको जनभावना र आवश्यकता अनुसार तथा पार्टीले लोकतान्त्रिक अभ्यासलाई पनि अवलम्बन गर्ने हुँदा संसदीय दल नेतामा म आफ्नो इच्छा व्यक्त गर्दछु।’










प्रतिक्रिया दिनुहोस्