काठमाडौँ, १८ चैत । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्वाचित भएका छन् ।
आज केन्द्रीय कार्यालय च्यासलमा भएको निर्वाचनमा उनी दलको नेता चयन भएका हुन् ।
सुहाङ नेम्वाङले उम्मेदवार फिर्ता लिएसँगै बादल दलको नेता चयन भएको निर्वाचन समितिका संयोजक नीरज आचार्यले जानकारी दिए । दलको नेतामा इलाम–२ बाट निर्वाचित युवा सांसद नेम्वाङले पनि दाबी गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्