राजनीति

कांग्रेस संस्थापनइतर समूहको सभापति भेला स्थगित



काठमाडौँ, १९ चैत । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गर्ने भनिएको जिल्ला सभापतिहरूको भेला स्थगित भएको छ ।

विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूको धुम्बाराही बैठकले सभापतिहरूको जिल्ला भेला स्थगित गरेको हो । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको दुई दिने बैठक बोलाएका थिए ।

यसअघि संस्थापनइतर समूहले आज (बिहीबार) जिल्ला सभापतिहरूको भेला बोलाइएको सूचना बाहिरिएको थियो । संस्थापनइतर समूहका एक नेताले सर्वोच्च अदालतमा पार्टीको आधिकारिताका विषयमा २२ चैतमा तोकिएको पेसीलाई मध्यनजर गर्दै भेला स्थगित गरिएको प्रतिक्रिया दिए ।