राजनीति

म आफैँ प्रधानमन्त्री भएको महसुस गर्दै छु : दुर्गा प्रसाई



काठमाडौँ, २१ चैत । मेडिकल व्यवसायी दुर्गा प्रसाईले वर्तमान सरकारले चालेका भ्रष्टाचार, तस्करी र बिचौलिया विरुद्धका कदमहरूको प्रशंसा गर्दै आफूलाई ‘आफैँ प्रधानमन्त्री भएको’ अनुभूति भएको बताएका छन् ।

आज दिउँसो सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै प्रसाईले आफूले विगत चार वर्षदेखि उठाउँदै आएका विषयहरूमा सरकारले कारबाही अगाडि बढाएकोमा खुसी व्यक्त गरेका हुन् । 

प्रसाईले भिडियोमा भनेका छन्, ‘विगत चार वर्षदेखि मैले निरन्तर रुपमा देशका तस्करहरू, भ्रष्टाचारीहरूको विषयमा सडकमा ३०० इन्चका एलइडी लगाएर भिडियो सार्वजनिक गरेँ । जुम्लासम्म पनि १० लाख खर्च गरेर तस्करहरूको फोटो सार्वजनिक गरेँ ।’ उनले सोही कार्य गर्दा आफूलाई तत्कालीन सरकारले पटक–पटक थुनेको पनि दाबी गरे । 

हालै गृहमन्त्री र बालेन सरकारले चलाएको ‘अपरेसन’ले आफूलाई उत्साहित बनाएको उनको भनाइ छ । उनले भने, ‘मैले निरन्तर उठाएका आवाजहरूलाई उहाँहरूले जुन तरिकाले अघि बढाउनुभएको छ, पक्रिनुभएको छ, कारबाही गर्नुभएको छ, मलाई खुसी लागेको छ,’ ।