राजनीति

कांग्रेसले बोलायो संसदीय दलको बैठक



काठमाडौँ, २२ चैत । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

सोमबार बिहान ११ बजे सिंहदरवारमा बस्ने गरी दलको बैठक बोलाइएको हो । संसदीय दलको नेता चयन गर्ने बताइएको छ । कांग्रेस प्रतिनिधिसभाको दोस्रो ठूलो दल हो ।

प्रमुख प्रतिपक्ष दलको नेता संवैधानिक पद हो । प्रमुख प्रतिपक्ष दलको नेता संवैधानिक परिषद्को सदस्य समेत हुन्छन् ।