राजनीति

नयाँ प्रतिनिधिसभा नियमावली बनाउने सर्वदलीय बैठकको निर्णय



काठमाडौँ, २३ चैत । सर्वदलीय बैठकले नयाँ प्रतिनिधिसभा नियमावली बनाउने निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभा नियमावली २०७९ संशोधन गरेर नयाँ बनाउने निर्णय गरेको हो । यसका लागि नियमावली मस्यौदा समिति गठन गर्ने निर्णय भएको छ ।

त्यस्तै बैठकले संसद्को कामकारबाहीलाई डिजिटल बनाउँदै लैजाने र तत्काललाई कागज र डिजिटल दुवैको प्रयोग गर्ने निर्णय गरेको छ भने सवै दलको प्रभावकारी प्रतिनिधित्व रहने गरि २१ सदस्यीय कार्यव्यवस्था परामर्श समित बनाइने भएको छ ।