एजेन्सी, २३ चैत । इजरायलले इरानी गुप्तचर प्रमुखको हत्याको जिम्मा लिएको छ ।
इजरायली रक्षा बलले आफ्नो टेलिग्राम च्यानलमा मजिद खादेमीको हत्या इरानी क्रान्तिकारी गार्ड कोर्प्स (आईआरजीसी)माथि अर्काे ठुलो प्रहार भएको बताएको छ ।
यसअघिका घटनामा इजरायल वा अमेरिकाले भनेपछि मात्रै इरानले आफ्ना वरिष्ठ कमान्डरहरूको मृत्युको खबर स्वीकार गर्ने गरेको थियो । यसपटक भने उल्टो भयो । इरानले यसबारे बताएपछि मात्रै इजरायलले घटनाको जिम्मा लिएको हो ।
आईआरजीसीले खादेमी उच्च सम्मानित कमान्डर भनेको छ । आईआरजीसीका अनुसार उनले क्रान्तिमा करिब आधा शताब्दी वफादार र साहसी सेवा समर्पित गरेका थिए ।
इराक–इरान तनाव सुरु भएदेखि इजरायलले आईआरजीसी, बासिज र इरानी सैन्य अधिकारीहरूका दर्जनौँ वरिष्ठ नेताहरूलाई निशाना बनाएको छ । इजरायली रक्षामन्त्री इजरायल काट्जका अनुसार खदेमी इजरायली नागरिकहरूको मृत्युका लागि प्रत्यक्ष जिम्मेवार व्यक्तिमध्ये एक थिए । काट्जले उनलाई आईआरजीसीका तीन सर्वाधिक वरिष्ठ नेतामध्ये एक भनेका छन् ।










प्रतिक्रिया दिनुहोस्