काठमाडौँ, २४ चैत । सरकारले राजनीतिक कोटामा नियुक्त भएका ६ राजदूतलाई फिर्ता बोलाएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सरकारले ६ राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको पुष्टि गरे । अघिल्लो सरकारले नियुक्त गरेको भारत, अस्ट्रेलिया, डेनमार्क, दक्षिण कोरिया, दक्षिण अफ्रिका र श्रीलंकामा रहेका नेपाली राजदूतलाई फिर्ता बोलाएको हो ।
फिर्ता बोलाएका राजदूतमा चित्रलेखा यादव (अस्ट्रेलिया), डा. शंकर शर्मा (भारत), सुम्निमा तुलाधार (डेनमार्क), शिवमाया तुम्बाहाङ्फे (दक्षिण कोरिया), कपिलमान श्रेष्ठ (दक्षिण अफ्रका) र पूर्णबहादुर नेपाली (श्रीलंका) कार्यरत छन् ।
गत आइतबार (चैत २२) बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक कोटामा नियुक्त ६ राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । सोही आधारमा परराष्ट्र मन्त्रालयले उनीहरूलाई एक महिनाभित्र फर्कन भन्दै सोमबार (चैत २३) पत्र पठाएको छ ।










प्रतिक्रिया दिनुहोस्