मनोरञ्जन

‘तरङ्ग’को फष्टलुक सार्वजनिक



काठमाडौँ, २४ चैत । फिल्म ‘तरङ्ग’को फष्टलुक सार्वजनिक भएको छ ।

निर्माण कम्पनी देवदत क्रियशनले फिल्म एक पोष्टर फष्टलुक्सको रुपमा बाहिर ल्याएको हो । पोस्टरमा प्रमुख कलाकारद्वय वरुण अधिकारी र रविना केसी फिचर्ड छन् । पोस्टरमा कलाकारद्वय अधिकारी र केसीको मौन प्रेमभाव देखिन्छ ।

प्रदीपकुमार चौधरी निर्देशित फिल्ममा पवलद्यममा वरुण र रविनासँगै बारात लिम्बु, कृष्ण थापा, सारा राई, उज्जल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारु, उत्तम गुरुङ, जोहन सञ्जोग, विशाल सेनेहाङ्ग र बाल कलाकार प्रन्शु चौधरीको अभिनय रहेको छ ।