मनोरञ्जन

‘कुम्भ’ जेठ १५ गतेदेखि प्रदर्शनमा आउने



काठमाडौँ, २४ चैत । चलचित्र ‘कुम्भ’ आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

निर्देशक रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको एक्सन–लभ स्टोरी चलचित्र हिन्दी भाषामा पनि बनेको छ ।  

यो चलचित्रमा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको समेत अभिनय छ । चलचित्रमा नवनायक अशोक आर्यन, सुनील थापा, सुशील पोखरेल, रोहित रुम्बा, अफ्सना थापा र सृष्टि खड्काको मुख्य भूमिका छ । 

चलचित्रको छायांकन निर्देशक श्रेष्ठ स्वयंले गरेका छन् ।