काठमाडौँ, २५ चैत । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट उर्बोमबीच शिष्टाचार भेटवार्ता भएको छ ।
आज परराष्ट्र मन्त्रालयमा उनीहरूबिच भेटघाट भएको हो । भेटका क्रममा कार्यवाहक राजदूत उर्बोमले खनाललाई परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए ।
सो अवसरमा उनीहरूबिच नेपाल र अमेरिकाबिचको लामो समयदेखिको द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्