काठमाडौँ, २६ चैत । पक्राउ गरेको १३ औँ दिनमा प्रहरीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मा जमानीमा छाडेको छ ।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत पूर्व प्रधानमन्त्री ओलीलाई उनकी धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको छ । भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि उनलाई प्रहरीले चैत १४ मा पक्राउ गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्