काठमाडौँ, २७ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस)ले प्रलोभनमा पार्न नसकेपछि विवादमा तान्ने खेल सुरु भएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पौडेलले पछिल्लो समय मन्त्रालयमा भेटघाटका लागि जारी गरिएको सूचनालाई लिएर बजारमा फैलाइएको भ्रमप्रति तीव्र असन्तुष्टि जनाएका छन् । स्वार्थ समूहहरूले आफूलाई प्रलोभनमा पार्न नसकेपछि विवादमा तान्न खोजेको आरोप लगाएका हुन् ।
मन्त्री पौडेलले मन्त्रालयको मुख्यालय आम नागरिकका लागि सधैँ खुल्ला रहने प्रतिबद्धता जनाउँदै केही दिनअघि जारी गरिएको सूचनाको गलत व्याख्या गरिएको स्पष्ट पारे । काम गर्ने शैलीमा सुधार ल्याउन खोज्दा त्यसलाई अनावश्यक विवादको विषय नबनाउन समेत उनले सचेत गराएका छन् ।










प्रतिक्रिया दिनुहोस्