Banner News

सरकारले गर्ने छानबिनका लागि तयार छु : संयोजक प्रचण्ड



काठमाडौँ, २८ चैत । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले गर्ने छानबिनका लागि तयार रहेको बताएका छन् । 

आज पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सार्वजनिक पदमा रहेकाहरूको सम्पत्ति छानबिनको विषय आफूले नै उठान गर्दै आएकाले उक्त विषयमा आफू तयार रहेको बताएका हुन् । 

उनले भने, ”मेरै पालामा निर्णय गरेको हो भनेर मैले धेरै  भनिसकेँ । तपाईंहरुले बुझ्नु हुन्न कि के हो ? सम्पूर्ण छानबिनका लागि म तयार छु,” । 

आफ्नो कार्यकालका निर्णय सबै पारदर्शी रहेकाले डराउनुपर्ने स्थिति नरहेको जिकिर उनले गरेका छन् ।