Banner News

प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो



काठमाडौँ, २९ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणको निम्तो दिएको बताएका छन् ।

नवौँ हिन्द महासागर सम्मेलनका क्रममा मौरिससमा रहेका परराष्ट्रमन्त्री खनालले भारतीय पत्रकारसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री शाहले मोदीको भारत भ्रमणको निम्तो स्वीकार गरिसकेको बताए । 

उनले भने, “भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको निमन्त्रणलाई प्रधानमन्त्री बालेन शाहले स्वीकार गरिसक्नुभएको छ । दुई देशबीचको उच्चस्तरीय भ्रमण र द्विपक्षीय परियोजनाहरूलाई प्राथमिकतामा राखेर काम अघि बढाइनेछ,” ।

चैत १३ मा पदभार ग्रहण गरेलगत्तै मोदीले बधाई सन्देशमार्फत यो निम्तो दिएको परराष्ट्रमन्त्री खनालले जानकारी दिए । 

उनले सरकारले आगामी १० वर्षमा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) दोब्बर बनाउने लक्ष्य राखेको बताएका छन् ।