काठमाडौँ, २९ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राकृतिक सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धनबाट स्थानीय अर्थतन्त्र सुदृढ हुने बताएका छन् ।
रुकुम पूर्वको सिस्ने गाउँपालिका–६, आला बाहुनडेरा (रुकुमकोट) मा निर्माण गरिएको देउवर काजी मन्दिरको उद्घाटन गर्दै उनले स्थानीय स्रोत–साधनको संरक्षण अपरिहार्य रहेको उल्लेख गरे ।
मुख्यमन्त्री आचार्यले रुकुम पूर्वको समग्र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै विकासका कामलाई उच्च प्राथमिकतामा राखेर अघि बढाइएको जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्