काठमाडौँ, २९ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन प्रदेश रङ्गशालाको काम छिटो टुङ्ग्याउन निर्देशन दिएका छन् ।
प्रदेश खेलकुद विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले रङ्गशालाको काम टुग्याएर दशौँ राष्ट्रिय खेलकुदको तयारीमा जुट्न निर्देशन दिएका हुन् ।
रङ्गशाला निर्माणका लागि बजेट समेत विनियोजन भैसकेको बताउँदै मुख्यमन्त्री कँडेलले बाँकी काममा ढिला गर्न नहुने बताए । रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गरेर हस्तान्तरण गर्ने वातावरण मिलाउन निर्माण व्यवसायी तथा सरोकारवाला पक्षलाई सक्रिय हुन उनले आग्रह समेत गरे ।
उनले भने, ‘अब कुनै पनि कारण देखाएर काम रोक्ने अवस्था रहनु हुँदैन । सबै पक्ष मिलेर छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्नुपर्छ,’ ।










प्रतिक्रिया दिनुहोस्