राजनीति

टिचिङ अस्पतालमा अध्यक्ष ओलीको शल्यक्रिया



काठमाडौँ, ३० चैत । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रिया गर्न थालिएको छ । 

अस्पतालका निर्देशक डा.सुवास आचार्यका अनुसार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ओलीको शल्यक्रिया हुन लागेको हो । अहिले उनलाई शल्यक्रियाका लागि अप्रेसन थिएटरमा लगिएको छ ।

अस्पताल स्रोतका अनुसार डा.पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले पित्तथैलीमा रहेको ओलीको २२ एमएमको ढुंगा निकाल्नेछ ।