काठमाडौँ, ३० चैत । प्रतिनिधिसभाका उपसभामुख रुवीकुमारी ठाकुरले आज पदभार ग्रहण गरेकी छन् ।
यही चैत २७ गते प्रतिनिधिसभा बैठकबाट उक्त पदमा निर्वाचित उपसभामुख ठाकुरले सिंहदरबारस्थित कार्यालयमा पुगेर पदबहाली गरेकी हुन् ।
उपसभामुख ठाकुरले आजै सभामुख डोलप्रसाद अर्यालसँग पहिलो औपचारिक भेट गरिन् । अर्यालले उपसभामुख ठाकुरलाई बधाई र शुभकामना दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्