राजनीति

दलगत स्वार्थभन्दा माथि उठेर सहकार्य गरौँ: सभापति थापा



काठमाडौँ, १ बैशाख । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक र जनताको हितका लागि सबै राजनीतिक शक्तिहरू दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना व्यक्त गर्दै उनले शान्त, सभ्य र आर्थिक रूपले समृद्ध राष्ट्र निर्माणको अभियानलाई सफल बनाउन सबै जिम्मेवार निकायहरू एकजुट हुनुपर्ने बताएका हुन् । राजनीतिक दलहरू केवल सत्ताको खेलमा मात्र नलागी समृद्धिको साझा लक्ष्यमा केन्द्रित हुनुपर्ने सन्देश उनले प्रवाह गरेका छन् ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत रूपमा बलियो बनाउँदै आर्थिक र सामाजिक समृद्धितर्फ लाग्न नयाँ वर्षले सबैलाई नयाँ ऊर्जा, उत्साह र प्रेरणा प्रदान गरोस् भनी शुभकामना दिएका छन् ।