राजनीति

रास्वपाले बोलायो संसदीय दलको बैठक



काठमाडौँ, २ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।

रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार बिहीबार बिहान १२ बजे संसदीय दलको बैठक बस्नेछ । बैठक सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।

बिहीबार संसदीय समितिका सभापतिहरूमा मनोनयन दर्ताको समय छ । त्यसअगाडि रास्वपा संसदीय दलको बैठक बस्न लागेको हो ।