काठमाडौँ, ६ बैशाख । गृहमन्त्री सुधन गुरुङले मधेश र लुम्बिनी प्रदेशका सांसदसँग सीमापार तस्करी नियन्त्रणका विषयमा छलफल गरेका छन् ।
शनिबार गृहमन्त्री गुरुङले सांसदसँग छलफल गरेको उनको निजी सचिवालयले जनाएको छ । गृहमन्त्री र मधेश तथा लुम्बिनी प्रदेशका सांसदबीच सीमापार तस्करी नियन्त्रणका विषयमा छलफल भएको हो ।
गृह मन्त्रालयमा भएको छलफलमा सांसदले सीमा क्षेत्रको सुरक्षा र भन्सार प्रणालीमा व्यापक सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।
बैठकमा सांसदहरूले सीमामा हुने तस्करीलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न विद्यमान भन्सार प्रणालीमा सुधार, भन्सार दरको पुनरावलोकन र प्रभावकारी निगरानी संयन्त्र विकास गर्न सुझाव दिएका छन् ।
खासगरी सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई दैनिक उपभोग्य सामग्रीको आयातमा निश्चित हदसम्म भन्सार छुट दिनुपर्ने र त्यसका लागि स्पष्ट मापदण्ड बनाउनुपर्ने माग उनीहरूले राखेका छन् ।










प्रतिक्रिया दिनुहोस्