काठमाडौँ, १८ जेठ । पाँच दिने भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने भारत पुगेका छन् ।
उनलाई दिल्ली विमानस्थलमा भारतीय जनता पार्टी (भाजपा) का महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका छन् ।
उनी भाजपाकै निमन्त्रणमा भारत गएका हुन् । सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्