Banner News

प्रतिनिधिसभाको बैठक बस्दै (कार्यसूचीसहित)



काठमाडौँ, २५ जेठ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्ने कार्यसूची छ । बजेटमा सांसदहरूले उठाएको प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिनेलगायत कार्यसूची छ । 

बैठकमा बजेटमाथि छलफल सुरु गर्ने कार्यसूची राखिएको लामो समय भए पनि यसमा विषय प्रवेश नै हुन सकेको छैन ।