राजनीति

ओलीको राजीनामा राजपत्रमा



काठमाडौँ, २७ जेठ । जेनजी आन्दोलनका कारण राजीनामा दिएको ९ महिनापछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा राजपत्रमा प्रकाशित भएको छ । 

भदौ २४ गते उनले दिएको राजीनामा मुद्रण विभागले आज उक्त सूचना नेपाल राजपत्रमा प्रकाशित गरेको हो । उक्त प्रकाशनको रिफरेन्स नम्बर २६३७४ रहेको छ । जबकि जेठ २५ गते प्रकाशित सूचनाको रिफरेन्स नम्बर २६३७३ रहेको थियो । 

यद्यपि, राजपत्रको मिति भने भदौ २४ गतेकै राखिएको छ ।