काठमाडौँ, ३० जेठ । दुई प्रदेशका डीआईजी सरुवा भएका छन् ।
गृहमन्त्रीस्तरीय निर्णयबाट मधेस र सुदूरपश्चिम प्रदेशका डीआईजी सरुवा भएका हुन् ।
मधेस प्रदेशमा ओम अधिकारीलाई सरुवा गरिएको छ । सुदूरपश्चिम प्रदेशमा सानुराम भट्टराईलाई पुर्याइएको छ ।
मधेस प्रदेशका डीआईजी गोविन्द थपलियालाई उपत्यका प्रहरी कार्यालय रानोपखरी सरुवा गरिएको छ । सुदूरपश्चिम प्रदेशका डीआईजी ओमा रानालाई अपराध अनुसन्धान विभाग, प्रहरी प्रधान कार्यालय तानिएको छ ।










प्रतिक्रिया दिनुहोस्