काठमाडौँ, १ असार । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ।
दोस्रो अधिवेशनअन्तर्गत बस्न लागेको २३औँ बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ। संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित दैनिक कार्यसूचीअनुसार बैठकमा आगामी आर्थिक वर्ष २०८३ को विनियोजन विधेयकमाथि छलफल प्रारम्भ हुनुका साथै सांसदहरूको खर्च कटौतीको प्रस्ताव पेस हुनेछ।











प्रतिक्रिया दिनुहोस्