राजनीति

ढुक्क रहनुहोस्, मति सुध्रने छ : योगेश भट्टराई



काठमाडौँ, १ असार । नेकपा एमालेका उपमहासचिव योगेश भटटराईले ढुक्क रहन आग्रह गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनगर्ठन पक्षधरलाई लोभीपापीको संज्ञा दिएपछि उपमहासचिव भट्टराईले त्यसको जवाफ सामाजिक सञ्जालमार्फत दिएका हुन् । 

आज आफ्नो फेसबुक पेजमा कवितात्मक शैलीमा लोभपाप नभएको भन्दै ढुक्क रहन आग्रह गर्दै उनले पार्टी पुनर्गठन हुने र नफुट्ने पनि बताएका छन् ।

 उनले लेखेका छन्-

ढुक्क रहनुहोस् 
लोभ छैन 
पाप छैन 
पुनर्गठन हुनेछ 
फुटने छैन 
टुटने छैन 
सबै मिल्ने छन 
थप एकताबद्ध हुनेछन 
सबैको सम्मान हुनेछ 
मति सुध्रने छ 
गति बढ्ने छ