काठमाडौँ, ३ असार । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले सभामुख डोलप्रसाद (डीपी) अर्यालको भूमिकामाथि प्रश्न उठाएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले भने, “सभामुख महोदय, हाम्रो सामुन्नेमा बस्नुभन्दा पहिले एउटा पार्टीसँग सम्बन्धित हुनुहुन्थ्यो,” “के सभामुख महोदय अहिलेसम्म पहिलेको जो पार्टी थियो रास्वपा । त्योसँगको नाभि काट्न सक्नुभएको छैन कि क्या हो ?”
उनले सदनको अभिभावको रूपमा सम्मान बढाउनुपर्ने बताए । प्रधानमन्त्रीले सीमाबारे दिएको अभिव्यक्तिपछि छिमेकी राष्ट्रसँग सम्बन्धलाई मजाक बनाइएको बताए ।
उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमा रास्वपाका सांसदले प्रधानमन्त्रीको अभिव्यक्तिमा टेबल ठोकेको भन्दै आपत्ति जनाए ।
“जुन बेला प्रधानमन्त्रीज्यूले सीमाका बारेमा अभिव्यक्ति दिनुभयो । त्यतिबेला सामूहिक रूपमा टेबल थपथपाउनुभयो,” उनले भने । यादवको अभिव्यक्तिमा रास्वपाका सांसद गणेश कार्कीले नियमापत्ति जनाए । उनले सभामुखको विषयमा प्रतिनिधिसभा नियवमालीको २१ को ‘ख’मा सभामुखले आचारण अनुकूल काम नगरेको भन्ने छलफलमाबाहेक आचरणको आलोचना गर्न नहुने कुरा लेखिएको सुनाए ।
उनले यादवको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे । “जतासुकै हिलो फालेर विधि बस्दैन । साथीहरूलाई सम्झाउँदै यो निमापत्ति छ । यो बोलेको कुरा रेकर्डबाट हटाइयोस् ।
सभामुखले नियमावलीको २१ प्रति यादवको ध्यानाकर्षण गराए ।










प्रतिक्रिया दिनुहोस्