काठमाडौँ, ५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको बैठक शुक्रबारदेखि काठमाडौँमा सुरु हुँदैछ।
धुम्बाराहीस्थित सूर्य क्याटरिङमा बिहान साढे ११ बजेदेखि बैठक सुरु हुन लागेको हो । बैठकमा एकता प्रक्रियाबाट आएका कमल थापा पक्षका ६५ जनालाई पनि सहभागी गराउन लागिएको छ । केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य बाहेकका अन्यलाई सहभागी गराउनु सर्वमान्य सिद्धान्त र पद्धति विपरीत रहेको असन्तुष्ट पक्षको भनाइ छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनले विधानविपरीत ‘अनधिकृत’ व्यक्तिहरूलाई बैठकमा आमन्त्रण गरेको भन्दै पार्टीभित्रको एउटा समूहले बैठक बहिष्कार गर्ने तयारी गरेको हो ।










प्रतिक्रिया दिनुहोस्