काठमाडौँ, ५ असार । काठमाडौँको नयाँ बानेश्वरमा जेनजी आन्दोलनका क्रममा आगजनी गरी क्षतिग्रस्त बनाइएको बानेश्वर प्रहरी वृत्तको भवन पुनर्निर्माण सम्पन्न भएपछि आज प्रहरीलाई हस्तान्तरण गरिएको छ ।
भवन मर्मत सम्भार तथा पुनर्स्थापना समितिले पुनर्निर्माणको काम पूरा गरी एक विशेष कार्यक्रमका बिच भवन बुझाएको हो ।
झन्डै १ करोड ५० लाख रुपैयाँको लागतमा भवनको मर्मत सम्भार र पुनर्स्थापना गरिएको समितिले जनाएको छ । पुनर्स्थापित भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, प्रतिनिधि सभा सदस्य रन्जु दर्शना, सुनिल केसी लगायत उच्च पदस्थ अधिकारी र स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्