काठमाडौँ, ५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौँ जिल्ला कमिटीका नेता तथा कार्यकर्ताहरूले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन् ।
पार्टीको नीति, सिद्धान्त र विचारमा विचलन आएको भन्दै काठमाडौँका विभिन्न तहमा १०७ कार्यरत नेता–कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका हुन् ।
राप्रपाका नेता तथा काठमाडौँ राप्रपा अध्यक्ष नवराज सिंखडाले सामाजिक सञ्जालमा एक वक्तव्य जारी गर्दै पार्टीको नीति र व्यवहारमा एकरूपता नरहेका कारण आफूहरूले संयुक्त राजीनामा बुझाएको स्पष्ट पारेका छन् ।










प्रतिक्रिया दिनुहोस्