काठमाडौँ, ७ असार । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महाधिवेशन विचार, संगठन र नीतिका दृष्टिले परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने अवसर भएको बताएका छन् ।
रास्वपाको महाधिवेशन आदेखि चितवनमा सुरु हुँदै गरेको अवसरमा शुभकामना दिँदै थापाले भनेका छन्, “यो महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर हो,” ।
पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको भन्दै थापाले रस्वपाका सभापति रवि लामिछानेको प्रशंसा गरेका छन् ।
“पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको छ,” थापाले लेखेका छन्, “तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ ।”










प्रतिक्रिया दिनुहोस्