काठमाडौँ, ८ असार । गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ ।
हिरासत कक्षभित्रै मानसिक दबाब, ज्यान मार्ने धम्की तथा गम्भीर मानव अधिकार हनन् गरिएको हुँदा यथाशीघ्र स्थलगत अनुगमन तथा तत्काल छानबिन गरी मानव अधिकार सुनिश्चित गर्न माग गर्दै अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले सोमबार आयोगमा उजुरी परेको हो ।
आयोगको एक विशेष टोली तत्काल सोह्रखुट्टे प्रहरी वृत्तमा खटाई तात्कालिक हिरासतमा रहेका पीडित अजय सोडारी, प्रकाश बम र सुजन पौडेलको बयान लिइ घटनाको सत्यतथ्य जाँचबुझ गर्न माग गरिएकाे छ ।
गृह मन्त्री तथा सांसद सुदन गुरुङको टोली प्रवेश गरेको गत जेठ १९ गतेको सोह्रखुट्टे प्रहरी वृत्तको हिरासत क्षेत्र तथा परिसरको सम्पूर्ण सीसीटीभी फुटेज, आगन्तुक अभिलेख र ड्युटी रजिस्टर आयोगले तत्काल आफ्नो नियन्त्रणमा लिई सुरक्षित गर्न समेत माग गरिएकाे छ।
त्यस्तै पद र शक्तिको दुरुपयोग गरी हिरासतभित्रै पुगेर ज्यान मार्ने धम्की दिने र मानसिक यातना दिने गृहमन्त्री गुरुङ र निजको टोलीमाथि फौजदारी कसुर र मानव अधिकार उल्लंघनको मुद्दा चलाउन तथा अनधिकृत व्यक्तिलाई संवेदनशील क्षेत्रमा प्रवेश गराउने जिम्मेवार प्रहरी कर्मचारीहरूलाई तत्काल विभागीय कारबाही गर्न सम्बन्धित निकायलाई तत्काल निर्देशन जारी गर्न माग गरिएकाे छ।










प्रतिक्रिया दिनुहोस्