अर्थ

विष्णु पौडेलविरुद्ध २० करोड ९० लाख बिगो दाबी



काठमाडौँ, १ साउन । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष अदालत काठमाडौँमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दा दायर गरिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले बिहीबार विशेष अदालतमा पुरक अभियोगपत्र दर्ता गरेको हो । यसअघि दीपक भट्टसमेतलाई प्रतिवादी बनाएर दायर गरिएको मुद्दामा थप अनुसन्धानपछि विभागले पौडेलसहित थप प्रतिवादीविरुद्ध पूरक अभियोगपत्र पेश गरेको जनाएको छ ।

पुरक अभियोगपत्रमा विष्णु पौडेलसहित १६ जना व्यक्ति र १० वटा कम्पनीलाई प्रतिवादी बनाइएको छ। पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ । साथै, उनको बैंक खातामा रहेको ६ लाख ३४ हजार रुपैयाँ जफत गर्न पनि अदालतसमक्ष माग गरिएको छ । अदालतले आज बिहान ९ बजे विशेष अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।